अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सत्ता गठबन्धनले आज काठमाण्डौमा चुनावी सभा गर्दै

news

 

बैशाख २३,  काठमाण्डाै - सत्ता गठबन्धनले आज काठमाण्डौमा चुनावी सभा गर्दैछ ।

सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्नेछन् ।

काठमाण्डौ महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार हुनुहुन्छ भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरीबाबु महर्जन उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धनले हिजो चितवनको भरतपुरमा चुनावी सभा गरेको थियो ।

चुनावी तालमेलका कारण नेता कार्यकर्तामा असन्तुष्टि र अविश्वास बढिरहेका बेला विश्वासको वातावरण बनाउन सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गरिरहेका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...