अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

‘विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’ नाराका साथ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

 

 

  जेठ १५, काठमाण्डाै - आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सगरमाथा : ‘विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

सन् १८३० को दशकमा बेलायती भुगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने कामको सुरुवातसँगै सन् १८४७ मा विश्वकै अग्लो हिमालको रुपमा सगरमाथाको पहिचान भएको थियो ।

सन् १९५३ मे २९ का दिन तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको सम्झनामा सन् २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जलवायु परिवर्तनले हिमाली जनजीवनमा जोखिम बढेको र विश्व तापमानमा देखिएको वृद्धिसँगै हिमालमा हिउँ पग्लन थालेकाले कार्बन उत्सर्जनलाई कम गर्नुपर्नेमा जोड दिएको छ ।

यस  वर्ष  सगरमाथा आरोहणका  लागि  ३ सय २५  जनाले  अनुमति लिएका थिए । सरकारले  यसवर्ष आरोहण अनुमतिबापत ४९ करोड ३७ लाख रुपैयाँ दस्तुर उठाएको छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...