अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

 

 

  जेठ १५,काठमाण्डाै - दैलेखको गुराँस गाउँपालिका-८ नम्बर वडा कार्यालयले जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह बस्दै आएका राउटेलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गुराँस गाउँपालिका– ८ का नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीको टोलीले सुरक्षा भत्ता वितरण गरेको हो।

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्षअघि गुराँस गाउँपालिका–८ का स्थानीय नागरिकका रुपमा परिचयपत्र वितरण गरेयता सङ्घीय सरकारले गुराँस गाउँपालिका-८ नम्बर वडा कार्यालयमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।

हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने क्रममा जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका ४० परिवारका १ सय ४४ जनालाई माघ, फागुन र चैत समेत तीन महिनाको प्रतिव्यक्ति चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिका– ८ का वडासचिव सुस्मिता खड्काले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने राउटे समुदाय धेरैजसो दैलेखमा बस्ने गरेकोले सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका-८ नम्बर वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । गाउँपालिकाले राउटे समुदाय जहाँ पुग्छन् त्यही पुगेर सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

राउटे समुदायलाई स्वास्थ्य, सरसफाइ र सामाजिक अन्तरघुलनका अभ्यास गराउन सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले राउटे उत्थान परियोजना समेत सञ्चालन गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...