अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा आउँदो फेब्रुअरीमा स्थानीय तहको चुनाव हुने

news

 

 पुस २०, आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा आउँदो फेब्रुअरी महिनामा स्थानीय तहको चुनाव हुने भएको छ । आर्थिक सङ्कटका कारण एक वर्ष ढिला गरी स्थानीय तहको चुनाव हुन लागेको हो । 

श्रीलङ्काको निर्वाचन आयोगले आज बुधवार विज्ञप्ति निकालेर जनवरी १८ देखि २१ सम्म आठ हजारभन्दा बढी काउन्सिलर पदका लागि मनोनयन पत्र खुला रहने र त्यसपछि २८ दिनभित्र मतदान गरिसक्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ । 

श्रीलङ्कामा सन् २०२१ को अन्त्यदेखि खाद्यान्न, इन्धन र बिजुलीको चरम अभाव सुरु भएको हो । राष्ट्रपति रनिल विक्रमासिङ्घेले अघिल्लो सरकारले गरेको कर कटौतीको घोषणालाई उल्ट्याउनुभएको छ । 

यसैबीच आर्थिक अनुशासन कायम गर्न नसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रका कारण केही सुधार भएको छ । सन् २०२२ मा सात लाखभन्दा धेरै विदेशी पर्यटक आएका र यसले विदेशी मुद्रा सञ्चितिमा सकरात्मक प्रभाव परेको श्रीलङ्का सरकारले जनाएको छ । सरकारले आउँदो वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...