अहिले तरंगमा

केहि छिनमा

समाचार

आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा आउँदो फेब्रुअरीमा स्थानीय तहको चुनाव हुने

news

 

 पुस २०, आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा आउँदो फेब्रुअरी महिनामा स्थानीय तहको चुनाव हुने भएको छ । आर्थिक सङ्कटका कारण एक वर्ष ढिला गरी स्थानीय तहको चुनाव हुन लागेको हो । 

श्रीलङ्काको निर्वाचन आयोगले आज बुधवार विज्ञप्ति निकालेर जनवरी १८ देखि २१ सम्म आठ हजारभन्दा बढी काउन्सिलर पदका लागि मनोनयन पत्र खुला रहने र त्यसपछि २८ दिनभित्र मतदान गरिसक्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ । 

श्रीलङ्कामा सन् २०२१ को अन्त्यदेखि खाद्यान्न, इन्धन र बिजुलीको चरम अभाव सुरु भएको हो । राष्ट्रपति रनिल विक्रमासिङ्घेले अघिल्लो सरकारले गरेको कर कटौतीको घोषणालाई उल्ट्याउनुभएको छ । 

यसैबीच आर्थिक अनुशासन कायम गर्न नसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रका कारण केही सुधार भएको छ । सन् २०२२ मा सात लाखभन्दा धेरै विदेशी पर्यटक आएका र यसले विदेशी मुद्रा सञ्चितिमा सकरात्मक प्रभाव परेको श्रीलङ्का सरकारले जनाएको छ । सरकारले आउँदो वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...