अहिले तरंगमा

केहि छिनमा

समाचार

टी–२० क्रिकेट लिग : जनकपुर र लुम्बिनी तथा विराटनगर र फार वेस्ट खेल्दै,

news

 

पुस २२,  काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा जनकपुर रोयल्स र लुम्बिनी अल स्टार खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

९ खेलमा ८ वटा जितेको लुम्बिनी १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा ६ वटा जितेको जनकपुर १२ अङ्कसहित दोस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा विराटनगर सुपर किङ्ग्स र फार वेस्ट युनाइटेड खेल्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

८ खेलमा ३ वटा जितेको विराटनगर ६ अङ्ककासाथ चौथो स्थानमा र समान खेलमा २ वटा जितेको फार वेस्ट ४ अङ्ककासाथ पुछारमा छ । यो लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएको छ । प्रतियोगितामा काठमाण्डौ, पोखरा, लुम्बिनी, जनकपुर, फार वेस्ट र विराटनगर गरी ६ टोली सहभागी छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...