अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सुर्खेतमा जीप दुर्घटना : चार जनाको ज्यान गयो, एक जना घाइते

news

 

माघ ८, काठमाण्डाै - सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन्।

गएराति साढे दुई बजेतिर बा ०१०२६ च ९२१३ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका-११ को झुप्रा खोलामा दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएको हो ।

दुर्घटनामा  जीप चालक वीरेन्द्रनगर-७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका-५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर  गाउँपालिका-३ का ३३ वर्षका दीपेन्द्रजङ्ग शाही र गुराँस गाउँपालिका-३ का ३६ वर्षका राजेन्द्र बीसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, २५ वर्षका भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाही भने घाइते हुनुभएको छ । उहाँको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...