अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने

news

 
काठमाडौ,
१६ माघ ।
अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जादै हुनुहुन्छ ।गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उहांले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गर्नुभएको हो ।
‘उहाँ अहिले १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ,’ गृह स्रोतले भन्यो, ‘प्रशासनबाट उहाँको हकमा नियमित प्रक्रियाबाट दिने हो कि कुनै कानूनी राय आवश्यक पर्छ भन्ने जिज्ञासा आएको थियो । आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिदा फरक पर्दैन भनेर समन्वय भएको छ ।’ जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...