अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

प्रहरीले चलाएको गोली लागेर भारतको ओडिसाका स्वास्थ्यमन्त्री दासको निधन

news

 

 माघ १६, भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको निधन भएको छ । उहाँलाई प्रहरीका एक जना असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानेका थिए ।

सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए । उपचारका लागि अस्पताल पुर्याए पनि मन्त्री दासलाई बचाउन नसकिएको डाक्टरलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।  

गोली हान्ने प्रहरी पक्राउ परेका छन्  । उनीसँग सोधपुछ भइरहेको बताइए पनि थप जानकारी सार्वजनिक भएको छैन । प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताले घटनाप्रति दुःख व्यक्त गरेका छन्  ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...