अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

धेरै ठाउँको मौसम धुम्म : सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा हल्का वर्षा र हिमपातको सम्भावना

news

 

माघ १७,  काठमाण्डाै - देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । आज पनि हिजोको जस्तै पारिलो घाम लाग्ने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरकै मौसम आज आंशिकदेखि सामान्य बदली हुनेछ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अन्य प्रदेशमा भने बादल लागे पनि पानी पर्ने सम्भावना छैन । तत्कालका लागि प्रदेश १, बाग्मती, गण्डकी र मधेस प्रदेशमा पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

मौसमविद् मानन्धरका अनुसार यो हिउँदमा अब हल्का हिमपातको सम्भावना रहे पनि जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छैन । पानी नपर्दा किसान मर्कामा परेका छन् । हिमपात र वर्षा नहुँदा हिउँदे बालीमा नोक्सानी हुने गरेको छ । यस्तै, सुक्खापन बढेकाले यसपालि आगलागीका घटना समेत बढ्ने जोखिम रहेको छ। 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...