अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै

news

 

 माघ २७,  काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दैछ । दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्नको लागि राष्ट्र बैंकले बिहान अहिले सञ्चालक समितिको बैठक बोलाएको छ । अर्धवार्षिक समीक्षामार्फत् राष्ट्र बैंकले विभिन्न नीतिगत विषयमा संशोधन गर्नेछ ।

बजारमा तरलता बढे पनि ब्याज घट्न नसकेको, ऋणको माग नआएको, खराब कर्जा बढेको, लघुवित्तको समस्या बढ्दै गएको लगायतका विषयमा राष्ट्र बैंकले विभिन्न नीतिहरु संशोधन गर्ने अनुमान छ । यस्तै, घरजग्गा कारोबार, शेयरबजार, विलासी वस्तुको आयात लगायतका विषयमा पनि अर्धवार्षिक समीक्षाले विभिन्न नीति संशोधन गर्नेछ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि निजी क्षेत्रका छाता सङ्गठनले विभिन्न सुझाव दिइसकेका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...