अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

कर्णाली र सुदूरपश्चिममा आज हिमपातको सम्भावना

news

 

माघ २७, काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । पश्चिमी वायुको प्रभावकै कारण मौसम बदली भइरहेको छ ।

हिजो भन्दा आज र आज भन्दा भोलि मौसममा केही सुधार आउने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । तराईका जिल्लामा हुस्सु लागेको छ ।

हुस्सुका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसम बदली भइरहेको पनि वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...