अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था एफएटीएफद्वारा रुसको सदस्यता निलम्बन

news

 

फागुन १३,  विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले रूसको सदस्यता निलम्बन गरेको छ ।

समूहले विज्ञप्ति निकालेर रूसीको कदम एफएटीएफको आधारभूत सिद्धान्तको विपरीत रहेको पाइएकाले कारबाही अघि बढाइएको बताएको समाचारसंस्था एएफपीले जनाएको छ ।

युक्रेनमा भइरहेको रूसी आक्रमणलाई लिएर रुसको सदस्यता खारेज भएको हो । पेरिसमा पाँच दिनसम्म चलेको बैठकपछि एफएटीएफले नाइजेरिया र दक्षिण अफ्रिकालाई निगरानी बढाउने देशको सूचीमा समावेश गरेको छ । एफएटीएफले २ सयभन्दा बढी देश र क्षेत्राधिकारका लागि मापदण्ड निर्धारण गर्दछ र अधिकारीहरूलाई लागुऔषध तस्करी, मानव तस्करी र आतङ्कवाद जस्तागम्भीर अपराधहरूको सामना गर्न मद्दत गर्छ।

रूस युरोपेली परिषदबाट पनि निष्कासित भइसकेको छ भने संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषदबाट निलम्बित भएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको हिजो एक वर्ष पूरा भएको छ। 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...