अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

असिना पानीले कतै फाइदा, कतै नोक्सानी

news

फागुन १५,  काठमाण्डाै - लामो समयपछिको वर्षाका कारण हिउँदे बालीलाई फाइदा पुगेको छ । सुकेका बालीमा सिँचाइ भएको छ । यतिबेला गहुँ, आलु, तोरीलगायतका हिउँदे बालीमा सिँचाइको समय भएको थियो ।

सिँचाइ सुविधा नभएका ठाउँमा हिजोको वर्षाले राहत दिएको छ । तर, हिउँदे बालीलाई फाइदा पुगे पनि हिजो केही ठाउँमा परेको असिनापानीले फलफूल खेतीमा भने नोक्सानी पुर्याएको छ । यतिबेला सुन्तला, आरु, आरुबखडालगायत फलफूलको फूल र चिचिला लाग्ने समय हो । हिजोको असिनापानीले फूल र चिचिलामा नोक्सानी  गरेको छ।

पोखरामा फूल खेल्न लागेको सुन्तलाको पकेट क्षेत्रमा हिजोको असिना पानीले असर पुर्याएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । पोखरा २१ को फेदीपाटन, मासपाटन, पोखरेलथोक, दोपरे क्षेत्रमा सुन्तलाको उत्पादन राम्रो हुन्छ । पोखरामा १५० हेक्टर क्षेत्रमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ। 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...