अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

इटलीमा डुङ्गा दुर्घटना हुँदा एक शिशुसहित ५९ जनाको ज्यान गयो, ३० जना बेपत्ता

news

 

 फागुन १५, इटलीको दक्षिणी क्यालाब्रिया क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा एक शिशु र बालबालिकासहित ५९ जनाको ज्यान गएको छ । 

समुद्री आँधीका कारण डुङ्गा दुर्घटना भएको र दुर्घटनामा ५९ जना आप्रवासीको ज्यान गएको हो ।

दुर्घटनामा ३० जना हराइरहेका त्यहाँको आन्तरिक मन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ८० जनाको उद्धार गरिएको तटरक्षक बलले बताएका छन् ।

उद्धार गरिएका केहीको अवस्था गम्भीर छ । उद्धार गरिएका यात्रुले डुङ्गामा १ सय ५० जना रहेको बताए पनि डुङ्गामा झण्डै २ सय जना रहेका अनुमान गरिएको छ। टर्कीबाट आएका आप्रवासी चढेको डुङ्गा दुर्घटनामा परेको हो  । इटलीका राष्ट्रपति सर्जियो मेटरेलाका अनुसार डुङ्गामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका नागरिक थिए । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...