अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

इटलीमा डुङ्गा दुर्घटना हुँदा एक शिशुसहित ५९ जनाको ज्यान गयो, ३० जना बेपत्ता

news

 

 फागुन १५, इटलीको दक्षिणी क्यालाब्रिया क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा एक शिशु र बालबालिकासहित ५९ जनाको ज्यान गएको छ । 

समुद्री आँधीका कारण डुङ्गा दुर्घटना भएको र दुर्घटनामा ५९ जना आप्रवासीको ज्यान गएको हो ।

दुर्घटनामा ३० जना हराइरहेका त्यहाँको आन्तरिक मन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ८० जनाको उद्धार गरिएको तटरक्षक बलले बताएका छन् ।

उद्धार गरिएका केहीको अवस्था गम्भीर छ । उद्धार गरिएका यात्रुले डुङ्गामा १ सय ५० जना रहेको बताए पनि डुङ्गामा झण्डै २ सय जना रहेका अनुमान गरिएको छ। टर्कीबाट आएका आप्रवासी चढेको डुङ्गा दुर्घटनामा परेको हो  । इटलीका राष्ट्रपति सर्जियो मेटरेलाका अनुसार डुङ्गामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका नागरिक थिए । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...