अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

शहीद स्मारक ‘ए’ डिभिजन लिग आजदेखि : पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स क्लब खेल्दै

news

 

   फागुन १९, काठमाण्डाै - नयाँ सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

लिगको पहिलो खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।

दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स र च्यासल गरी तीन वटा मैदानमा हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १ सय ८२ खेल हुनेछ । यसपटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ ।

फेयर प्ले टोलीले ३ लाख रुपैयाँ पाउनेछ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...