समाचार
नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्र्तगत युवासंघको अधिवेसन सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २१ फाल्गुन ।
नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्र्तगत राष्टिय युवासंघ नेपाल वालिङ नगरकमिटिको अधिवेसन सम्पन्न भएको छ । मिसन ग्रासरुट अन्र्तगत वालिङ नगरकमिटि मातहतमा रहेका जनवर्गीय संगठनका इन्र्चाज र प्रमुखहरुको बैठक बसी संगठनको गठन तथा बैठकले योजना निर्माण समेत गरेको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्यक्ष कृष्ण खांणले युवाहरु अनुशासित र मेहेनति बनेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नगर कमिटि सचिव यमकान्त खनाल, राष्टिय युवा संघ स्याङ्जाका जिल्ला संयोजक किसान श्रेष्ठ, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा वालिङ नगरका सहइन्चार्ज गिरमान गुरुङ, राष्टिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा स्याङ्जा इन्चार्ज पारस सेन, केन्द्रिय सदस्य दामोदर तिवारीलगायतले बोल्नुभएको थियो ।
दोस्रो अधिवेसनले जितन केसीको अध्यक्षतामा युवा संघ वालिङ नगरकमिटि गठन गरेको छ । उपाध्यक्षमा सागर कोईराला, सचिवमा समुन्द्र काफ्ले, उपसचिवमा लक्ष्मी कुँवर, उपसचिवमा ओमप्रकाश गुरुङ, कोषाध्यक्षमा राज चापागाई, सदस्यहरुमा यामकान्त खनाल, नारायण मल्ल, सुनबहादुर गुरुङ, युवराज गुरुङ, दिपेन्द्र कुँवर, प्रताप गहतराज, नारायाण ख
नाल रहनुभएको छ । त्यस्तै मुक्ति समाज स्याङ्जाको दोस्रो बैठक सम्पन्न भएको छ । मिसन ग्रासरुट अभियान अन्र्तगत बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा समाजका केन्द्रिय सचिवालय सदस्य एवां जिल्ला इन्चार्ज धनमाया विश्वकर्माले मिसन ग्रासरुट अभियानको वास्तविक अर्थमा कम्युनिष्ट पार्टीको आधारभुत वर्ग दलित, किसान, मजदुर, महिला, अल्पसंख्याक समुदायमै संगठन विस्तार गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मुक्ति समाजको केन्द्रिय सदस्य तथा एमाले जिल्ला सचिवाल सदस्य तथा फाँट इन्चार्ज तिलकराम विश्वकर्मा, केन्द्रिय सदस्य अमृत नेपालीलगायतले बोल्नुभएको थियो । कार्यक्रम समाजका अध्यक्ष मेघ प्रनेशको अध्यक्षतामा सम्पन्न भएको थियो ।