समाचार
सिद्धार्थ राजमार्ग मेरो पहिलो प्राथामिकता ः सांसद गुरुङ
रेडियो आँधीखोला
वालिङ, २१ फाल्गुन ।
संघिय प्रतिनिधि सभा सांसद धनराज गुरुङले सिद्धार्थ राजमार्ग फराकिलो पार्ने आफ्नो प्रमुख प्राथामिकता रहेको बताउनुभएको छ । सिद्धार्थ राजमार्ग यहाँका नगरिकको लाईफलाईन राजमार्ग रहेको भन्दै राजमार्गलाई चार लेनको बनाउनका लागी संसदमा आफ्नो तर्फबाट गर्नुपर्ने सबै भुमिका निभाउँने बताउनुभएको हो । शनिबार वालिङमा आयोजित सम्मान कार्यक्रममा बोल्दै सांसद गुरुङले भन्नुभयो, ‘पहिला काम गरौँ, कामको आधारमा सम्मान गरौँला, निर्वाचित जनप्रनिधि पहिला काममा लाग्नुपर्छ । काम पछिको सम्मानले अझै प्रेरणा मिल्नेछ ।’
नेपाली कांगे्रस क्षेत्र नं. २ प्रदेश कको आयोजनामा नियमित बैठक तथा सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नागरिकले जनप्रतिनिधिलाई निर्वाचित गरेको काम गर्नका लागी भन्दै पहिला काम अनि सम्मानको परिपाटीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कांगे्रस केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सांसद सरस्वति अर्यालतिवारी, प्रदेश उपसभापति तथा सांसद कल्पना तिवारी, प्रदेश सांसद भोजराज अर्याल, प्रदेश क अन्र्तगतका १९ वटै वडाका पार्टी सभापतिहरुलगायतले बोल्नुभएको थियो ।
प्रदेश समितिले संघिय प्रतिनिधि सांसद धनराज गुरुङ, प्रदेश सांसदहरु सरस्वति अर्यालतिवारी, भोजराज अर्याल र कल्पना तिवारी, वालिङ नगरउपप्रमुख कविता तिवारी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठलाई सम्मान गरेको हो । क्षेत्र नं. २ प्रदेश क का सभापति अर्जुनप्रसाद खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति भविश्वर कोईराला र संचालन सचिव अमृत अर्यालले गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरुले निस्वार्थ भावले काम गर्नुपर्ने भन्दै संगठन सुदृढिकरणसंगै विकास निर्माणका कार्यमा जोड दिन आग्रह गर्नुभयो । विकास निर्माण पहुँचको आधारमा नभई प्राथामिताको आधारमा गर्नुपर्नेमा वक्ताहरुको जोड थियो ।