अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि नियमित खुल्ने

news

 

फागुन २१,  काठमाण्डाै - नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दिउँसोको समयमा बन्द नहुने भएको छ ।

सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नका लागि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पुस पाँच गतेदेखि पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म र त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो ।

यसअघि सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नका लागि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पुस पाँच गतेदेखि पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म र त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो ।

तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अरु पुलहरुको काम अन्तिम चरणमा पुगेकाले आजदेखि दिउँसोको समयमा सडक बन्द नहुने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो ।

सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो । सडकमा यसअघिका पुल साँघुरा थिए । अहिले बनाइएका पुल ११ मिटर फराकिला छन् । सडक नौदेखि ११ मिटर फराकिलो रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...