समाचार
शहिदको बलिदानीले अहिलेको परिवर्तन सम्भव ः माओबादीका महासचिब गुरुङ
रेडियो आँधीखोला
वालिङ, २२ फाल्गुन ।
नेकपा माओबादी केन्द्रका महासचिब देब प्रसाद गुरुङले शहिदको बलिदानीले अहिलेको परिर्वतन सम्भव भएको बताउनु भएको छ । शहिद सप्ताह अन्र्तगत आइतबार पुतलीबजार नगरपालिका ३ लत्रेपिपलमा निर्माण गरिएको जनयुद्धका शहिद पृथ्बी गौतमको शालिक अनावरण तथा गेटको उद्घाटनका क्रममा गुरुङले शहिदका सपना पुरा गर्न गण्तन्त्रका पक्षधरहरु एक हुनुपर्ने बताउनुभयो ।
गणतन्त्र आए पनि दलित, जनजाती, मुश्लिम तथा अल्पसंख्यकको अधिकार सुनिश्चित नभएको बताउदै गुरुङले जनयुद्धका उदेश्य पुरा भएमा सबैले अधिकार पाउने जिकिर गर्नुभयो । अहिले जनताले दलहरु आपसी सहमती गरेर अगाडी बढ्ने जनादेश दिएको बताउदै गुरुङले संविधन र गण्तन्त्रको रक्षाको लागि राष्ट्रिय सहमती आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय सहमती गर्न नसके देशको समृद्धिमा खतरा रहेको बताउदै गुरुङले बिभिन्न बाहनामा बृहत शान्ति सम्झौता उल्टाउने प्रयास भैरहेको बताउनुभयो । दलहरुको बिचको एकताले देश अहिलेको अवस्थामा आएको बताउदै गुरुङले पछिल्लो गठबन्धन पनि सहमतिको प्रयास भएको बताउनुभयो । गणतन्त्र र संविधानको अगुवा प्रचण्ड भएको बताउदै गुरुङले प्रचण्डबाटै गणतन्त्र र संविधानको रक्षाको सम्भव रहेको बताउनुभयो ।
कार्यक्रममा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, माओबादी केन्द्रका जिल्ला संयोजक प्रकाश न्यौपाने, वडा नं ३ का माओबादी केन्द्रका अध्यक्ष डिल्लीराम मरासिनी लगायतले मन्तब्य राख्नु भएको थियो । पुतलीबजार नगरपालिका ३ लत्रेपिपलमा निर्माण गरिएको पृथ्बी गौतमको शालिक तथा शहिद गेट १४ बर्षमा निर्माण सकिएको छ ।
गौतमको मृत्यु भएको चार बर्ष पछि अर्थात २०६५ सालमा गेट तथा शालिक निर्माण थालिएकोमा अहिले निर्माण सकेर अनावरण तथा उद्घाटन गरिएको हो । २०६१ पुस ३ गते पर्वतको भुकताङलेमा तत्कालीशाहि नेपाली सेनाले १९ बर्षिय गौतमलाई पक्राउ गरी दोहोरो मुडभेडको नाममा हत्या गरेको थियो ।
गेट तथा शालिक संघिय सरकार १० लाख, तिन लाख २० हजार पुतलीबजार नगरपालिका, ५० हजार मोहम्मत सफिकमियाँ संसद कोष र तीनलाख परिवारबाट संकलन गरी १६ लाख रुपियाँको लागतमा निर्माण गरिएको निर्माण समितिका अध्यक्ष पानु प्रसाद शर्माले जानाकारी दिनुभयो ।