अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न क्षेत्रबाट १० जना महिला सम्मानित

news

 
रेडियो आँधीखोला
वालिङ, २५ फाल्गुन । 
अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा स्याङ्जा जिल्लाभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्ला स्थित विभिन्न पालिकाहरु तथा संघसंस्थाहरुले महिला विषेश कार्यक्रम गरी मनाएका छन् । यसैबीच यता वालिङमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका महिलाहरुलाई सम्मान तथा मोटिभेशनल अभिमुखीकरण कार्यक्रम गरी दिवस मनाईएको छ । 
लैङिगक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार भन्ने नाराका साथ आयोजित कार्यक्रममा वालिङमा रहेर विभिन्न क्षेत्रबाट महिलाहरुको शसक्तिकरण र विकासका लागी योगदान पु¥याएका संचारजगत, उद्यमी क्षेत्र, कलाकारिता क्षेत्र, न्यायिक क्षेत्र, कृषि क्षेत्र, खेल क्षेत्र, सौन्दर्य क्षेत्र, योग क्षेत्रका गरी १० जना महिलाहरुलाई सम्मान गरिएको हो । 
रोटरी क्लब अफ वालिङको आयोजनामा लायन्स क्लब, लायन्स क्लब ग्रिन होम, लियो क्लब, वालिङ जेसिज, रोट्याक क्लब, वालिङ साना कृषि सहकारी संस्था र ब्युटिपार्लर एशोसियसनको समन्वयमा १० महिलाहरुलाई सम्मान गरिएको हो । कार्यक्रमको उद्दघाटनका अवसरमा बोल्नुहुँदै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले वालिङ स्थित विभिन्न संस्था तथा क्लबहरुले आँफ्नो संस्थागत विकाससंगै समग्र वालिङको पहिचान स्थापित गर्न महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनुभयो । 
संविधानमा प्रदत्त महिलाहरुको हक अधिकारको सशक्त कार्यान्वयनका लागी महिलाहरु एकतावद्ध हुनुपर्ने भन्दै महिलाहरुको विकास र शसक्तिकरणका लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । महिला श्रमिक र पुरुष श्रमिक बीचको बिभेद अन्त्य गर्नका लागी एक भएका विश्वका महिलाहरु आफ्नो हक अधिकारका लागी समेत उक्तिकै योगदान दिँदै आएको उहाँले बताउनुभयो । कार्यक्रममा लायन्स क्लब अफ वालिङ ग्रिन होमका जोन चियर पर्सन सजना कंडेल, लायन्स क्लबका पुर्व अध्यक्ष कविता भुषाललगायतले बोल्नुभएको थियो । 
मोटिभेशनल कार्यक्रममा उषा सिंह मल्लले सहजीकरण गर्नुभएको थियो । उद्दघाटन कार्यक्रम रोटरी क्लबका अध्यक्ष सिता पाण्डे डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत ब्युटिपार्लर एशोसियसनका सचिव 
पमिला गुरुङ र संचालन रोटरीका सदस्य जैसरा रेग्मीले गर्नुभएको थियो । सम्मानित हुने महिलाहरुमा पुर्व महिला विकास अधिकृत कल्पना बस्याल, संचारकर्मी कला राना, महिला उद्यमी दुर्गा न्यौपाने, अधिवक्रा संगिता नेपाली, सौन्दर्यकर्मी चुक्रकुमारी थापा दुर्गा, योग प्रशिक्षक कविता भुषाल, शिक्षक सोमुमाया राना, कृषक भिमा रेग्मी, खेलाडि अस्मिता रणपाल, कलाकार जुनु एसके रहनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...