समाचार
अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा वालिङ नगरपालिकामा कानुनी साक्षरता
रेडियो आँधीखोला
वालिङ, २५ फाल्गुन ।
अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा वालिङ नगरपालिकामा कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लैंगिक हिंसा तथा कानुनी प्रक्रियाका बारेमा सहजीकरण गरिएको थियो । कार्यक्रसमममा उपप्रमुख कविता तिवारी गैह्रेले वालिङलाई शुन्य महिला हिंसा घोषणाका लागी यहाँका सबै महिला जनप्रतिनिधि तथा संघसंस्था एवं राजनितिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
महिला माथि हुने हिंसा तथा अन्य हिंसाहरुको न्युनिकरण गर्न तथा पिडितलाई न्याय दिलाउनका लागी वडा तहमा समेत मेलमिलाप कर्ताहरुलाई परिचालन गरिएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सरस्वति बगाले, महिला नेत्रृहरु मैना कोईराला,सरिता पौडेल, कल्पना अर्याल, सिता थापालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अधिवक्ता संगिता नेपालीले सहजीकरण गर्नुभएको थियो । सााजिक विकास समिति संयोजक युगमाया पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन शिक्षा अधिकृत दुर्गा कुमारी न्यौपानेले गर्नुभएको थियो ।
उता दिवसका अवसरमा भीरकोटमा प्रभातफेरि सहित कार्यक्रम गरीएको छ । प्रभातफेरिमा महिला जनप्रतिनिधिहरु, आमा समुह, राजनितिक दलका महिला नेतृहरु, विभिन्न संघसंस्थाका महिला प्रतिनिधि तथालगायतको सहभागिता रहेको थियो । ठाडो लाईबाट शुरु भएको प्रभातफेरि नगर परिक्रमा गरी भीरकोट सिटिहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले महिलाहरुलाई आर्थिक, सामाजिक तथा राजनितिक रुपमा सबल एवं सशक्त बनाउका लागी नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालद गर्दै आईरुहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रस महाधिवेसन प्रतिनिधि सुनिता उच्चै, भीरकोट नगर सभापति यामप्रसाद अधिकारी, वडा नंं. १ का अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसी, ४ का अध्यक्ष रत्नप्रकाश श्रेष्ठ, ६का अध्यक्ष लक्ष्मण खत्रि, ७ का अध्यक्ष ताराप्रसाद अर्याल, ८ का अध्यक्ष नन्दलाल खनाललगायतले बोल्नुभएको थियो ।
कार्यक्रम उपप्रमुख भगवती अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन विष्णुमाया काफ्ले र स्वागत पार्वती बस्नेतले गर्नुभएको नगरप्रमुखका स्वकिय सचिव आयुष पौडेलले जानकारी दिनुभयो ।