समाचार
नेपाल सार्वजानिक सेवा कर्मचारी संघको तेस्रो अधिवेसन
रेडियो आँधीखोला
वालिङ, २७ फाल्गुन ।
नेपाल सार्वजानिक सेवा कर्मचारी संघ जिल्ला कार्यसमिति स्याङ्जाको तेस्रो अधिवेसन पुतलीबजर नगरपालिका स्याङ्जामा सम्पन्न भएको छ । कार्यक्रममा नगरप्रमुख एवं नेपाली कांगे्रस क्षेत्र नं. १ का क्षेत्रिय सभापति तुलसीराम रेग्म्ीले कर्मचारी आफ्ना काम र कर्तव्यमा कटिवद्ध हुनुपर्ने भन्दै सहज सेवा प्रवाह गरी नागरिकमैत्रि बन्न कर्मचारीलाई आग्रह गर्नुभयो । कर्मचारी र जनप्रतिनिधिको सम्बन्धले नै नागरिकलाई सरल तथा छिटो छरितो सेवा प्रवाह गरी मुलुकको विकासमा योगदान पुरयाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पुतलीबजार नगरप्रवक्ता मनोज पौडेल, नेपाल विद्युत प्राधिकरण स्याङ्जाका प्रबन्धक प्रताप बराल, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका केन्द्रिय सदस्य केशव न्यौपाने, नेपाल विद्युत प्राधिकरण गण्कडी प्रदेश कर्मचारी संघका अध्यक्ष देशबन्धु श्रेष्ठ, नेपाल विद्युत प्राधिकरण स्याङ्जा कर्मचारी संघका अध्यक्ष हेमराज थापालगायतले बोल्नुभएको थियो । कार्यक्रम नेपाल सार्वजानिक सेवा कर्मचारी संघ स्याङ्जाका अध्यष विश्वेश्वर गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो स्वागत मनोज अर्यालले गर्नुभएको थियो ।
अधिवेसनले पुनः विशेश्वर गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा दुर्लभ नेपाल, महिला उपाध्यक्षमा फूलमाया नेपाली, सचिवमा त्रिलोचन न्यौपाने, कोषाध्यक्षमा दुर्गा रिजाल रहनुभएको छ भने सदस्यहरुमा अम्बिका न्यौपाने, दिपक सिंह चौधरी, दिलबहादुर भुजेल,सागर डुम्रे, राधाकुमारी बस्याल, प्रमिला राना रहनुभएको छ ।