अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

उपराष्ट्रपति चुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता

news

 

 फागुन २७, काठमाण्डाै - आउँदो चैत ३ गते हुने उपराष्ट्रपतिको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । भोलि अन्तिम नामावली प्रकाशन गर्ने र चैत ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।

उपराष्ट्रपतिको कार्यकाल चैत ५ मा सकिँदैछ । उपराष्ट्रपति उम्मेदवार बन्न वंशजका आधारमा नेपाली नागरिक भएको र ४५ वर्ष पूरा भएको हुनुपर्छ ।  गएको बिहीवार भएको राष्ट्रपति चुनावमा रामचन्द्र पौडेल निर्वाचित भइसक्नुभएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...