अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

उदयपुरको रौतामाईमा आगलागीमा परि एकै घरका दुई बालबालिकाको ज्यान गयो

news

 

फागुन २७, काठमाण्डाै - उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको ज्यान गएको छ ।

रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उहाँकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिनुभयो । हिजो बेलुका ५ बजेतिर घरमा बिजुली सर्ट भएर घर जलेको हो ।

घरमा रहेका जस्मिन र रोजनको जलेर ज्यान गएको वडासदस्य रुद्रबहादुर लुङ्गेली मगरले बताउनुभयो । आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो हिजो बेलुका नै निभाइएको प्रहरीले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...