अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नेपाल शिक्षक संघ स्याङ्जाको अध्यक्षमा पौडेल

news

 
रेडियो आँधीखोला
वालिङ, २८ फाल्गुन ।
नेपाल शिक्षक संघ स्याङ्जाको अध्यक्षमा पशुपति पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । फागुन २४ गते शिक्षक सङ्घ स्याङ्जाको नवौं महाधिवेशन सम्पन्न भए तापनि सम्पूर्ण पदाधिकारीको टुङ्गो भने आज शनिबार मात्र भएको शिक्षक सङ्घ स्याङ्जाका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो ।
उक्त जिल्ला अधिवेशनबाट उपाध्यक्षमा पशुपति भट्टराई, महिला उपाध्यक्षमा बाटुली पौडेल अधिकारी, सचिवमा युवराज ढकाल, सचिव अर्थमा कमलराज लम्साल, सहसचिवमा शिव ढकाल, सहसचिव महिलामा शारदा अर्याल, सहसचिव समावेशीमा उत्तरा गुरुङ, सहचिव अर्थ समावेशी ऋषिराम भण्डारी, सहसचिव अर्थ महिला भगवती भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै जिल्ला कार्यसमितिको खुला सदस्यमा केशवराज खनाल, राजकुमार उपाध्याय, यामप्रसाद चापागाईं, चन्द्राकान्त उपाध्याय, सदस्य महिला विष्णुकुमारी भुसाल, सदस्य शान्ताकुमारी पौडेल, सदस्य हरिकला सुवेदी सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै अधिवेशनबाट सङ्घीय प्रतिनिधि खुलामा लक्ष्मीप्रसाद रेग्मी, सीता गौडेल गैह्रे, दीर्घप्रसाद चापागाईं, शेषकान्त खना
ल, नर्वदेश्वरप्रसाद मिश्र, महिलातर्फ गायत्री आचार्य, वन्दना लम्साल निर्वाचित हुनुभएको छ ।
प्रदेश प्रतिनिधि खुल्लातर्फ कमलाकान्त अर्याल, अमृत भण्डारी, शिवलाल गैह्रे, दामोदर न्यौपाने, उमाकान्त पौडेल, बोला पाठक, इन्दिरा केसी र सुनिता उच्चै निर्वाचित हुनुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...