समाचार
स्ववियु चुनावका लागी मनोनयन दर्ता
रेडियो आँधीखोला
वालिङ, २८ फाल्गुन ।
यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागी वालिङ बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुले मनोनयन दर्ता गराएका छन् । शनिबार दिउँसो २ बजेसम्म प्रत्यक्ष तर्फको उम्मेदवारहरुलाई मनोनयन दर्ताको समय दिईएको थियो । सोहि समयभित्र नेविसंघबाट स्ववियु अध्यक्षका लागी सन्दिप कंडेल, सचिवमा राजिन कुँवर, कोषाध्यक्षमा सुमना लामिछाने र सदस्यहरुमा अस्विनकुमार रेग्मी, बादल लामिछाने, ओमप्रसाद गुरुङ, दिपा डालामगर, आकृति पाण्डे, सविना सुनारले मनोनयन दर्ता गराउनुभएको छ ।
त्यस्तै अनेरास्ववियुबाट अध्यक्षमा मिलनबहादुर अर्याल, सचिवमा सुशान्त श्रेष्ठ, कोषाध्यक्षमा बिना रेग्मी, सदस्यहरुमा नीरबहादुर कार्की, वसन्त भुषाल, विपुल डुम्रे, सन्दिप घर्ती, आयुष्मा काफ्ले, युमाया क्षेत्रि, ओमबहादुर कुमाल र अनेरास्ववियु क्रान्तीकारीबाट डिला भुषालले सदस्यमा मनोनयन दर्ता गराउनुभएको हो ।
उता गल्याङ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागी स्वतन्त्रबाट सन्तोष भट्राईले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । अनेरास्ववियुबाट अध्यक्षमा अमृत खनाल, सचिवमा नवदुर्गा कंडेल, कोषाध्यक्षमा भुमिका राना, सदस्यहरुमा सन्दिप भण्डारी, अरुन न्यौपाने, सुजता भण्डारी, दिवानी अधिकारी र उत्तम थापाले प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै नेविसंघबाट अध्यक्षमा विशाल थापा, सचिवमा प्रदिप भुषाल, कोषाध्यक्षमा प्रतिमा खनाल, सदस्यहरुमा गणेश अधिकारी, सपना न्यौपाने, तिर्थकुमारी अर्याल, निर्मल थापा र गणेश बस्यालले मनोनयन दर्ता गराउनुभएको छ ।
यसैबीच उता त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सविन रेग्मी निर्वाचित हुनुभएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी विच सहमति अनुसार नेविसंघका रेग्मी सभापतिमा निर्वाीचत हुनुभएको हो । ३ विद्यार्थी संगठनहरु विच नेविसंघ र अनेरास्ववियूलाई ६÷६ पद र अनेरास्ववियू क्रान्तिकारीलाई ३ पद दिने सहमति भएको थियो । सोही अनुसार स्ववियु सचिवमा अनेरास्ववियुकी विपना सुनाम र कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका प्रसन्न पाण्डे चयन हुनुभएको निर्वाचन समितिका सदस्य फणिन्द्र पौडेलले जानकारी दिनुभयो । स्ववियुको पहिलो बैठकले सहमतिका आधारमा अन्य पदहरुको विभाजन गर्ने स्ववियु सभापति सविन रेग्मीले जानकारी दिनुभयो । समिति १५ सदस्यीय रहने छ ।