अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

news

 

फागुन २८,  काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज एन्फा मैदान र च्यासल मैदानमा खेल हुनेछ ।

एन्फा मैदानमा हुने खेलमा मनाङ मस्यार्ङ्दी क्लब र मच्छिन्द्र क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । त्यस्तै दिउँसो साढे २ बजे नै च्यासलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मीबीच खेल हुनेछ । लिगमा अस्तिदेखि तेस्रो चरणका खेल सुरु भएका हुन् ।

यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...