अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोट ८ मा बन्यो हेलिप्याड

news

 
रेडियो आँधीखोला
वालिङ, २९ फाल्गुन । 
भीरकोट नगरपालिका वडा नं. ८ मा हेलिप्याडको उद्दघाटन गरिएको छ । भीरकोटमा पहिलो र स्याङ्जामा छैठौँ हेलिप्याडको उद्दघाटन गरिएको हो । सहज स्वास्थ्य सेवामा पहुँच, जोखिम न्युनिकरण तथा तत्काल उद्धारका लागी हेलिप्याड निर्माण गरिएको वडा अध्यक्ष नन्दलाल खनालले बताउनुभयो । 
आईतबार वडा नं. ८ को गोर्खे भन्ने स्थानमा ४० मिटरको हेलिप्याड निर्माण गरिएको हो । वडा नं. ५, ८ र ९ लाई पायक पर्ने स्थान गोर्खेमा हेलिप्याड निर्माण गरिएको हो । हेलिप्याडको उद्दघाटन गर्दै पुर्व मन्त्री तथा नेपाली कांगे्रसका गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले हेलिप्याडको थप स्तरोन्नति गर्दै हेलिप्याड ढलान तथा पिच गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 
ग्रामिण भेगमा स्वास्थ्य तथा आपत विपतमा तत्काल उद्धारको लागी हेलिप्याडले सहयोग गर्ने पुर्व मन्त्री श्रेष्ठको भनाई छ । हेलिप्याड निर्माणका लागी नगरपालिका तथा वडाको ७० हजार बजेट खर्च भएको छ । कुल ६ लाखको लागत लाग्ने हेलिप्याड निर्माणका लागी निर्वतमान सांसद भागवतप्रकाश मल्ल, तथा विभिन्न कन्र्टसनहरुले ग्राउण्ड सम्याउन सहयोग गर्नुभएको छ । हेलिप्याड ग्राउण्ड सम्याउनका लागी विभिन्न दाताहरुलाई अनुरोध गरेर बनाईएको वडा अध्यक्ष खनालले बताउनुभयो । 
उद्दघाटन कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले अर्को वर्ष हेलिप्याडको लागी बजेट विनियोजन गरेर ग्राउनदेखि बाटोसम्मको सडक पिच गर्ने बताउनुभयो । निर्वतमान प्रमुख छायाराम खनाल, उपप्रमुख भगवती अर्याल, नगरप्रवक्ता दिपेन्द्र केसी, विष्णुमाया काफ्लेलगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष नन्दलाल खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कार्यपालिका सदस्य चित्रबहादुर रानाभुजेल र संचालन खेमराज खनालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...