अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गतिशिल बचतको साधारण सभा तथा अन्नपुर्ण खाद्यान्न उद्योगको उद्दघाटन

news

 
रेडियो आँधीखोला
वालिङ, २९ फाल्गुन । 
गतिशिल महिला बुउद्देश्यीय सहकारी स्ांस्था लिमिटेड वालिङ ८ को दशौँ वार्शिक साधारण सभा तथा अन्नपुर्ण खाद्यान्न उद्योगको उद्दघाटन गरिएको छ । संस्थाले आफ्नो दशौँ साधारण सभाका अवसरमा वालिङ ६ मिर्दिमा खाद्यान्न उद्योग संचालनमा ल्याएको हो । उद्योगमा चामल, आँटालागयतका विभिन्न खाद्यान्नहरु अन्नपुर्ण ब्राण्डबाट बजारमा आउनेछन् । 
उद्योगको उद्दघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटिले महिलाहरुद्धारा संचालित संस्थाले धेरै सफलता प्राप्त गरेको भन्दै सहकारी बचत तथा ऋण कारोबार संगै उत्पादनमा क्षेत्रमा लाग्नु निकै अनुकरणीय तथा उदाहरणीय रहेको बताउनुभयो । स्थानीय स्तरमा उपलब्ध खाद्य वस्तुहरुको उपयोग गरी उद्योगले स्वच्छ तथा अर्गानिक खाद्य वस्तुहरु उपभोक्ताकहाँ पु¥याउनुपर्ने भन्दै स्थानीय ब्राण्डको उपयोग गरी प्रोत्साहन गर्नुपर्ने प्रमुख जिटिले बताउनुभयो । 
कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारीले सहकारीले उत्पादनका क्षेत्रमा लगानी गर्नु निकै प्रशंसनीय रहेको भन्दै यसका लागी सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडाहरुको तर्फबाट वालिङ १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङ, सहकारीहरुको तर्फबाट उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरतप्रसाद बगाले, समाजसेवि अर्जुनप्रसाद खनाल, रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, पाईनियज एकेडेमीका पिन्सीपल मेघराज गैह्रे, महिला उद्यमी दुर्गा न्यौपानेलगायतले बोल्नुभएको थियो । 
संस्थाका अध्यक्ष तथा नगरउपप्रमुख कविता तिवारी गैह्रेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संचालन सचिव इन्दिरा गैहे्र र स्वागत सदस्य भगवती शर्माले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...