अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

स्याङजामा दुरसञ्ंचार तथा सूचना प्रबिधिको योगदान बिषयक अन्र्तक्रिया

news

 
रेडियो आँधीखोला 
वालिङ, ६ चैत्र ।
स्याङ्जामा आइतवार दुरसञ्ंचार तथा सूचना प्रबिधिको योगदान बिषयक अन्र्तक्रिया गरिएको छ । ए.एस. शोलुसन्स प्रालिको आयोजना तथा नेपाल दुरसञ्चार प्राधिकरणको सहकार्यमा अन्र्तक्रिया गरिएको हो । अन्र्तक्रियाको उदघाटन गर्दे जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले राज्यले सबै नागरिकलाई सञ्चार डिजिटल प्रबिधिको सहि उपयोग गर्दै मुलुकमा सुशासन कायमगरी सार्वजनिक सेवा प्रवाह र आर्थिक समृद्धिको बाटोमा रुपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो । 
प्रबिधिमैत्री राज्यको सोच अनुरुप अ
िघ बढ्ने लक्ष्यका साथ अघि बढेका मुलुकका प्रबिधि सम्बन्धी ज्ञान भएका युवाजमात बिदेशिन वाध्य हुनुपर्ने अवस्था दुखदायी रहेको उहाले भन्नुभयो । कार्यक्रममा दुरसञ्चार प्राधिकरण योजना शाखा प्रमुख एवं उपनिर्देशक सूर्यप्रसाद लामिछाने र सूचना तथा प्रबिधि मन्त्रालयका उपसचिव शिवप्रसाद पोखरेलले डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी र डिजिटल नेपाल कार्यान्वयनका अवस्थाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
डिजिटल नेपाल फ्रेमबर्कमा ८ क्षेत्र सहित ८० वटा बिभिन्न पहलहरु रहेको बताइएको छ ।सोही कार्यक्रममा दुरसंञ्चार उपभोक्ता, बिद्यालयका शिक्षक, बिद्यार्थी, सेवा प्रदायक कम्पनी र बिभिन्न क्षेत्रका सहभागीले इन्टरनेटका आवश्यकता, चुनौती र समस्याका बारेमा आ आफना राय सुझाव दिएका थिए । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...