अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आँधीखोलाको जुग्ले गोगनपानी, बागे पंचासे सडकको स्तरोन्नति शुभारम्भ

 
रेडियो आँधीखोला 
वालिङ, ७ चैत्र ।
आँधिखोला गाउँपालिकाले एक कार्यक्रमका विच आज जुग्ले गोगनपानी, बागे पंचासे सडकको स्तरोन्नति गर्ने कार्यको शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । शिलान्यास गर्दै गण्डकी प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले विकासको अपेक्षा जनतामा तिव्र रुपमा बढिरहेको बताउनुभयो । उहाँले आ आफ्नो ठाउँबाट सबैले भुमिका निर्वाह गर्दै विकासलाई मुर्तरुप दिनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा आँधिखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, आँधिखोला गाउँपालिका ५ का वडा अध्यक्ष कृष्णप्रसाद पनेरु, वडा नं. १ का अध्यक्ष पवनकाजी अधिकारी, २ का 
अध्यक्ष कमल प्रसाद पौडेल लगाएतले मन्तव्य राख्नुभएको थियो । गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन योजना शाखा प्रमुख कृष्ण प्रसाद पनेरुले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सिता थापाले राख्नुभएको थियो । उक्त सडकको स्तरोन्नति संघीय समपुरक अनुदान अन्तरगत ५० प्रतिशत र पालिकाको ५० प्रतिशतमा शुरु भएको पालिकाले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...