अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

बादर हिड्न नसक्ने रातोपहरो काटेर भालुखर्कमा मोटरबाटो

news

 
आँधीखोला खबर
वालिङ, १० चैत्र ।
बादर हिड्न नसक्ने स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका –४ छरछरे रातोपहरो भिरकाटेर भालुखर्कमा मोटरबाटो लगिएको छ । समान्य गोरेटोबाट हिड्ने यहाँका स्थानिय गाउँमै मोटरबाटो पुगेपछि हर्षित भएका छन् । गाउँपालिकाको आर्थिक बर्ष २०७९÷८० को १० लाख बजेटबाट थाउनुङ– भालुखर्क –सल्यान सडक खण्डको छर छरे रातोपहरो भिरकाटेर मोटरबाटो पु¥याइएको हो । 
पालिकाबाट कोइराला निर्माण सेवाले अफ्ठ्यारो भिर काटेर जिप गाउँमा पुगेपछि खुसीको सिमा नरहेको स्थानिय गुप्त बहादुर रिमालले बताउनुभयो । मोटरबाटो नहुदाँ बिगतमा अर्जुन चौपारीबजार पुग्न धेरै समस्या भएको बताउदै रिमालले अब भने सहज भएको बताउनुभयो । पाचँ बर्ष पहिला बाटो खनेर मडकिन्ना सम्म पु¥याए पनि रातोभिर काटेर बाटो छिचोल्न नसकिने भएपछि यसै छाडिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष धन बहादुर जिटीले बताउनुभयो ।
पालिकामा नयाँ पालिका अध्यक्ष आएपछि बिनियोजित बजेटले पहिलो चरणमा भिर कटान गरेर जिप पुगेको र अर्को बर्ष थप बजेटबाट सल्यान सम्म बाटो लग्ने जिटीले बताउनुभयो । यहाँ बाटो छिचोल्नको लागि पहिलो चरणमा जिप हिड्ने गरी एक्साभेटरको माध्यमबाट पाचँ मिटर भिर काटेर सडक बनाइएको हो । अर्जुन चौपारी–पर्वतको लुखुदेउराली जोड्ने सडकको छाप खण्ड कमजोर रहेकोले सो खण्डमा समस्या हुदाँ बैकल्पीक मार्गको रुपमा प्रयोग गर्न सडक खनिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । 
उहाँले बैकल्पीक मार्गकासाथै आग्रीखर्क, सल्यानका स्थानिय घण्टेदेउराली पुग्नका लागि तीन किमी दुरी समेत छोटीने बताउनुभयो । उहाँले आगामी बर्षको बजेटबाट पालिकाले सल्यान सम्म सडक कटान गर्ने र हरेक बर्ष चौडा, ह्युम पाइप र नाला बनाउदै सडकको स्तरोन्नती गर्ने तिवारीले बताउनुभयो । पहिलो पटक गाउँमा जिप पु¥याउनु भएका ख्याम नारायण पौडेललाई माला लगाएर स्थानियले स्वागत समेत गर्नु भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...