अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

स्याङ्जामा श्रीमानद्वारा श्रीमतिको हत्या

news

 
आँधीखोला खबर
वालिङ, १० चैत्र ।
श्रीमान र जेठाजुको कुटाइबाट घाइते पुतलीबजार नगरपालिका–१३ की कमला न्यौपाने सुवेदीको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ २२ गते श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेको कुटपिटबाट घाइते कमलाको उपचारको क्रममा नर्भिक अस्पताल काठमाण्डौमा मृत्यु भएको हो ।
दुई छोरी र एक छोराकी आमा कमलालाई घरमा सँगै रहने छोरी क्रिसला सानिमाको घरमा बसेको समय पारेर श्रीमानले ज्यान मार्ने नियत राखी कुटपिट गरी बोल्न नसक्ने बनाई घरमै राखेको प्रहरीले बताएको छ । कुटपिट पछि बेहोस तथा गम्भिर अवस्थामा कमलालाई घरमा गाउँलेले भेटेपछि अस्पताल पु¥याएका थिए । उनलाई झण्डै १५ घण्टा पछि अस्पता ललगिएको थियो ।
कुटपिटबाट घाइते कमलाको पाखरामा उपचार नभएपछि भेन्टिलेटरमा राखेर नर्भिकमा उपचार गरिएको थियो । कुटपिटमा संलग्न श्रीमान र जेठाजुलाई प्रहरीले माघ २४ गते नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका श्रीमान र जेठाजुलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको छ । जिल्ला अदालत स्याङ्जाले जेठाजु केशवराजलाई चैत ३ गते दुई लाख धरौटीमा छोडेको थियो ।
अदालतले कुटपिट गरेरै कमला घाइते भएको ठहर गर्दै श्रीमान लक्ष्मी प्रसादलाई भने पुर्पक्षकाकालागि जिल्ला कारागार पठाएको थियो । कुटपिटबाट घाइते कमलाको मृत्यु भएसँगै प्रतिवादीहरु श्रीमान र जेठाजुलाई कर्तव्य ज्यान मामुद्धा चलाउने तयारी भैरहेको प्रहरी निरीक्षक पदम बहादुर थापाले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...