अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

मदिरा व्यवसायी संघ स्याङ्जाको तेस्रो साधारण सभा तथा दोस्रो अविधेसन

news

 
आँधीखोला खबर
वालिङ, ११ चैत्र ।
मदिरा व्यवसायी संघ स्यङ्जाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै मदिरा व्यवसायि महासंघका केन्द्रिय महासचिव तारानाथ ढुंगानाले गैह्रकानुनी रुपमा भएका मदिरा आयात तथा बेचविखन रोक्नुपर्ने बताउनुभयो । अवैध रुपमा भएका यस्ता कारोबारले कानुनसंवत प्रक्रियागत रुपमा गरेका मदिरा व्यवसायी मारमा पर्ने भन्दै अवैध घरेलु मदिरा बेचविखन तथा ओसारपोसारलाई समेत कडाई गर्नुपर्ने बताउनुभयो । मदिरा व्यवसायिहरुको छाता संगठन मदिरा व्यवसायि महासंघ मदिरा व्यवसायिहरुको हकहित र व्यवसाय प्रर्वद्धनका निमित्त प्रतिवद्ध रहेको बताउनुभयो । 
कार्यक्रममा कार्यक्रम प्रायोजक एपि डिस्टीलरी प्रालिका क्षेत्रिय प्रबन्धक प्रीतम गिरी, मदिरा व्यवसायी महासंघका उपाध्यक्ष गोपाल सापकोटा, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका कोषाध्यक्ष नवराज सुवेदी,  मदिरा व्यवसायि संघ काठमाडौका अध्यक्ष राजन केसी, संघ कास्कीका अध्यक्ष डिल्लीराम पनेरु, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष
 रविन्द्रमान श्रेष्ठ, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका महिला उपाध्यक्ष सुनिता पौडेल, बजार विक्रि प्रतिनिधि नारायाणप्रसाद ढकाल, संघका काठमाडौका निर्वतमान अध्यक्ष गोविन्द बराल, स्याङ्जा वितरक संघका अध्यक्ष सुर्यप्रकाश शर्मा, नारायणप्रसाद रेग्मीलगायतले बोल्नुभएको थियो । 
मदिरा व्यवसायी संघका अध्यक्ष खिमानन्द पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गणेश अर्याल र संचालन सचिव रविन केसीले गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष सुजन पौडेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दोस्रो अविधेसनले पुनः खिमानन्द पराजुलीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । उपाध्यक्षमा गणेश अर्याल, सचिवमा जिवलाल बसेल जिवन, कोषाध्यक्ष नरेन्द्र पौडेल सुजन रहनुभएको छ भने सदस्यहरुमा कृष्णप्रसाद अर्याल, हौमाया गुरुङ, सुशिल अर्याल, नविन गैह्रे र विशाल पाण्डे रहनुभएको छ । त्यस्तै केन्द्रिय प्रतिनिधिमा रविन केसी र प्रदेश प्रतिनिधिमा सुर्यप्रसाद शर्मा रहनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...