समाचार
प्रक्रिया पु¥याउनका लागी मात्रै गरिँदैछ सार्वजानिक सुनुवाई ः उबा संघ वालिङ
आँधीखोला खबर
वालिङ, ११ चैत्र ।
उद्योग वाणिज्य संघ वालिङले बुटवल पावर कम्पनीले विद्युत महशुल दर निर्धारण सम्बन्धमा पेश गरेको निवेदन उपर छलफल गर्न आयोजना गरिएको सार्वजानिक सुनुवाई प्रक्रिया पु¥याउनका लागी मात्रै गरेको भन्दै आफ्नो ध्यानार्कषण जनाएको छ ।
विद्य्ुत नियमन आयोगले गत फाल्गुन २६ गते गोरखा पत्रमा प्रकाशित सूचना अनुसार बुटवल पावर कम्पनीले विद्युत महशुल दर निर्धारण सम्बन्धमा पेश गरेको निवेदन माथि छलफल गर्नका लागी आयोजना गरिएको सार्वजानिक सुनुवाई काठमाडौँमा गरिएको भन्दै विद्युत वितरण क्षेत्र तथा प्रभावित क्षेत्रमा रहेका उद्योगी व्यवसायी तथा आम उपभोक्ताको ध्यानार्कषण भएको जनाईएको हो ।
संघका अध्यक्ष चेतनारायण श्रेष्ठद्धारा जारी ध्यानार्कषण पत्रमा विद्युत नियमन आयोगलाई सम्बोधन गरी बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत वितरण केन्द्र गल्याङ र वालिङलाई बोधार्थ बनाईएको छ ।
यस्ता किसिमको सार्वजानिक सुनुवाई प्रभावित क्षेत्र तथा जहाँ उपभोक्ता छन सोही स्थानमा भएमा सान्र्दभिक र प्रभावकारी हुँने भन्दै काठमाडौँमा गरिएको सार्वजानिक सुनुवाई प्रक्रियाका लागी मात्र गरिएको भनिएको छ । प्रभावित क्षेत्रमै सार्वजानिक सुनुवाई गरी महशुल दर समायोजन गर्न माग समेत गरिएको छ । आर्थिक मन्दीको बेला महशुल बढाउने विषय उपयुक्त नरहेकाले अर्थतन्त्रमा सुधार नआएसम्म पुरानै मुल्यमा कायम राख्न निवेदन गरिएको छ ।