अहिले तरंगमा

केहि छिनमा

समाचार

विश्व हिन्दु महसंघ नेपाल स्याङ्जा साखाको दोस्रो अधिवेसनले पाण्डेको अध्यक्षतामा नयाँ समिति चयन

news

 
आँधीखोला खबर
वालिङ, १२ चैत्र ।
विश्व हिन्दु महसंघ नेपाल स्याङ्जा साखाको दोस्रो अधिवेसन शनिबार वालिङमा सम्पन्न भएको छ । अधिवेसनको उद्दघाटन गर्दै विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय सदस्य नेत्रप्रसाद पराजुलीले विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाललाई हिन्दु राष्ट्र नै कायम राख्न्ुपर्ने बताउनुभयो । सबैलाई समेट्दै हिन्दुहरुले नेपालको नेतृत्व गर्नुपर्ने भन्दै हिन्दु धर्म र संस्कारको जर्गेना गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा वालिङ नगरका पुर्व मेयर दिलिपप्रताप खांण, शंकरप्रसाद पाण्डे, पुण्यप्रसाद तिमिल्सिना, पुर्व मेयर लालचन गह्रै, महासंघका गण्डकी प्रदेश उपसभापति जगदिशप्रसाद गैह्रे, लक्ष्मण भट्टराई, लेखनाथ वस्ताकोटी, भरतप्रसाद बगाले,  वडा अध्यक्ष डण्डपानी पंगेनी, पशुपति पाण्डे, प्रेमराज पौडेल, जिल्ला कोषाध्यक्ष सरिता पौडेल, सिताराम अधिकारी, रोशन दर्जी, पुर्णबहादुर थापा, नारायण विक, खेमराज अर्याललागयतले बोल्नुभएको थियो । कार्यक्रम हरिहर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष ज्ञानेश्वर वस्ताकोटी, संचालन सचिव पदमप्रसाद पाण्डे र धन्यवाद भुपराज बगालेले गर्नुभएको थियो । 
हिजो सम्पन्न अधिवेसनले हरिहर पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा ज्ञानेश्वर वस्ताकोटी (राधेराधे), द्धितिय उपाध्यक्षमा पुष्पकमल रेग्मी, तृतिय उपाध्यक्षमा प्रेमराज पौडेल तथा महिला उपाध्यक्षमा चण्डिका सापकोटा अर्याल रहनुभएको छ । त्यस्तै सचिवमा भुपराज बगाले, कोषध्यक्षमा मैयादेवी लम्साल पौडेल, सह सचिवमा शोभाकान्त रिमाल, मुकुन्दप्रसाद पौडेल रहनुभएको छ भने सदस्यहरुमा नुवादत्त रेग्मी, चुडामणि रेग्मी, कृष्ण मल्ल खाँण, हरिप्रसाद बगाले (लोकनाथ), रामभक्त भट्टराई, ढालप्रसाद पौडेल, ध्रुवराज उपाध्याय र यदुनन्दन अर्याल रहनुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...