समाचार
नेपाल एम्ब्रोईडरी हेन्डीक्रापm्ट सिलाई बुनाई श्रमिक संघ गण्डकी प्रदेशको अध्यक्षमा रनपाल
आँधीखोला खबर
वालिङ, १२ चैत्र ।
नेपाल एम्ब्रोईडरी हेन्डीक्रापm्ट सिलाई बुनाई श्रमिक संघ गण्डकी प्रदेशको अध्यक्षमा लिलबहादुर रनपाल निर्वाचित हुनुभएको छ । अधिवेसनले रनपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा दुर्गाबहाुदर परियार, कृष्णकला सुनार, र विष्णुमाया परियार, सचिवमा अमरबहादुर परियार, सहसचिवमा गोविन्द नेपाली, कोषाध्यक्षमा सिर्जना परियार रहनुभएको छ भने सदस्यहरुमा हरिबहादुर परियार, बिमला नेपाली, रेखा श्रेष्ठ, अमृता सापकोटा, सरीता सुनार, डल्ली राना, चित्रकुमारी दर्जी रहनुभएको छ ।
अधिवेसनको उद्दघाटन गर्दैै नेपाली कांगे्रस केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सांसद सरस्वति अर्यालतिवारीले सिलाई बुनाई श्रमिकको हकहितको लागी नेपाल एम्ब्रोईडरी डेन्डीक्रापm्ट सिलाई बुनाई श्रमिक संघसंगै नेपाली कांगे्रसले हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । श्रमिकको हितमा कानुन तथा नितिहरु निर्माण गरी उद्यमशीलतालाई प्रर्वद्धन गर्नुपर्ने बताउनुभयो । कार्यक्रमा संघका केन्द्रिय अध्यक्ष तेजप्रसाद रिजाल, नेपाल टे«ड युनियन नेपाली कांगे्रसका उपमहासचिव इश्वर परियार, महिला नेत्रि सकुन्तला शर्मा, कुलदेवि बराल, नीलबहादुर रनपाललगायतले आफ्ना मन्तव्य राख्नुभएको थियो ।