अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्र्तगत स्थानीय तहमा अपाङगता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण

news

 
आँधीखोला खबर
वालिङ, १३ चैत्र ।
स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्र्तगत स्थानीय तहमा अपाङगता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम वालिङमा शुरु भएको छ । द एसिया फाउण्डेसनको साझेदारीमा आयोजित अभिमुखीकरणको उद्दघाटन गर्दै वालिङ नगरउपप्रमुख कविता तिवारीले आगामी बजेटमा निर्माणमा देखावटी भन्दा नतिजामुखी कार्यक्रम गर्न खोजिएको भन्दै लक्षित वर्गसम्म पुग्ने र दीगो विकासका लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । बजेट तथा निति निर्माणका तहमा समेत अपांगतामैत्रि बनाउन ध्यान दिईने भन्दै अपांगहरुलाई समेत सकरात्मक पक्षहरुलाई अन्य स्थानमा भएका अभ्यासहरुलाई पनि कार्यान्वयन गरिने उपप्रमुख तिवारीले बताउनुभयो । 
कार्यक्रममा वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ अमृत, कार्यपालिका सदस्य युगमाया पंगेनी, राष्ट्रिय अपांग महासंघका सचिव सिर्जना केसीलगायतले बोल्नुभएको थियो । नगरका साखाप्रमुखहरु तथा अपांग संजालका पदाधिकारीहरुको सहभागिता रहेको अभिमुखीकरणमा राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा र राष्ट्रिय अपांग महासंघका सचिव सिर्जना केसीले सहजीकरण गर्नुभएको छ । स्याङ्जा अपांग समाजका अध्यक्ष राम शर्मापोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन समाजका पुर्व अध्यक्ष युवराज पराजुलीले गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रम भोली सकिनेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...