अहिले तरंगमा

केहि छिनमा

समाचार

भीरकोटमा व्युटिपार्लर र ड्राईभिङ तालिम शुरु

 
आँधीखोला खबर
वालिङ, १३ चैत्र ।
भीरकोटमा ब्युर्टिपार्लर र ड्राईभिङ तालिम शुरु भएको छ । गरिवि निवारणका लागी लघु उद्यम कार्यक्रम अन्र्तगत ४५ दिने ब्युटिपार्लर तालिम र एक महिने ड्राईभिङ तालिमको उद्दघाटन आईबार छाँयाक्षेत्र मन्दिर सभाहलमा शुरु भएको हो । 
तालिमको शुभारम्भ गर्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउनका लागी ब्युटिपार्लर तालिमको आयोजना गरिएको भन्दै तालिम लिएर व्यवसायिक बन्न आग्रह गर्नुभयो । सिप जिवनमा सबैभन्दा महत्वपुर्ण पक्ष रहेको भन्दै सिप लिएर सिपको सही प्रयोग गरेमा जिवनलाई सहजतापुर्वक अगाडि बढाउन सकिने नगरप्रमुख कर्माचार्यको भनाई छ । नगरका युवायुवती तथा महिलाहरुलाई उद्यमी बनाई समृद्ध नगर निर्माणको लागी नगरपालिका प्रतिवद्ध रहेको उहाँको भनाई छ । उद्यमशीलतामा लाग्न चाहानेहरुका लागी स्थानीय सरकार साथमा रहेको भन्दै आँफूसंग भएको सिपज्ञानको उपयोग गरी अगाडि बढ्न उहाँको सुझाव छ । 
कार्यक्रममा उपप्रमुख भगवती अर्याल, नगरप्रवक्ता दिपेन्द्र केसी, वडा नं. २ का अध्यक्ष श्यामकाजी अधिकारी, छाँयाक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ, योजना साखा प्रमुख यामप्रसाद रेग्मीलगायतले बोल्नुभएको थियो । 
४५ दिने ब्युटिपार्लर तालिममा ब्युटिपार्लर एशोसियसनका अध्यक्ष पुष्पा अर्यालले र ड्राईभिङ तालिममा हर्क गुरुङले सहजीकरण गर्नुभएको छ । तालिममा ब्युटिपार्लरतर्फ ४८ जना ड्राईभिङतर्फ २० जनाको सहभागिता रहेको छ । वडा नं. ४ का अध्यक्ष रत्नप्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गोमा तिवारीभण्डारीले गर्नुभएको नगरप्रमुखका स्वकिय सचिव आयुष पौडेलले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...