अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

लियो क्लब अफ वालिङ सिटीको अध्यक्षमा लियो किशोर बस्याल निर्वाचित

news

 
आँधीखोला खबर
वालिङ, १६ चैत्र ।
लियो क्लब अफ वालिङ सिटीको अध्यक्षमा लियो किशोर बस्याल निर्वाचित भएका छन । लियो क्लब अफ वालिङको चौथो साधारणसभा तथा  अधिबेशनबाट लायन बर्ष २०२३÷२४ को लागि अध्यक्ष लियो किशोर बस्याल , प्रथम उपाध्यक्ष लियो संजोग थापा , द्वितीय उपाध्यक्ष लियो हरि रेग्मि  तृतीय उपाध्यक्ष लियो समिर श्रेष्ठ  निर्वाचित भएका छन् ।
 
अध्यक्षमा लियो किशोर बस्याल, सचिबमा लियो राज भट्टराई, कोषाध्यक्षमा लियो प्रकृती श्रेष्ठ मनोनीत भएका छन् । लियो क्लब अफ वालिङ सिटी सन् २०१९ मा स्थापना भै सामाजिक जनचेतनामूलक सन्देशमुलक कार्य सहित रचनात्मक कार्यगर्दै आएको र आगामी वर्ष पनि निरन्तरता पाउने बिश्वास लिएको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एम नेपाल डिपार्टमेन्ट चिफ लायन चेतनारायण श्रेष्ठले बताउनु भयो । 
कार्यक्रममा रिजन चिफ लायन कबिता भुसाल, लियो जिल्ला परिषद ३२५ एम का सचिब लियो दिक्षान्त प्रताप खाँण लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता लियो सुमना लामिछाने, संचालन लियो किशोर बस्याल र स्वागत लियो संजोग थापाले गर्नुभएको थियो । कार्यक्रमको जानकारी लियो राज भट्टराईले दिनुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...