समाचार
सामुदायिक वन उपभोक्ता महासंघ वालिङ नगर समितिको अध्यक्षमा कमल प्रसाद गैह्रे
आँधीखोला खबर
वालिङ, १६ चैत्र ।
सामुदायिक वन उपभोक्ता महासंघ वालिङ नगर समितिको अध्यक्षमा कमल प्रसाद गैह्रे चयन हुनु भएको छ । वालिङमा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा नन्दुराज अर्याल,सचिवमा राधा रेग्मी, कोषाध्यक्षमा जानकी तिवारी लगायत रहनुभएको छ । जिल्ला प्रतिनिधिमा केदार काफ्ले, सिता काफ्ले रेग्मी, दिपेन्द्र गैह्रे, वोलमायाँ गैह्रे, यज्ञ पाठक, देवी काफ्ले,चेत बहादुर गुरुङ रहनु भएको छ । प्रदेश प्रतिनिधिमा शेषकान्ती पराजुली, उमा काफ्ले, मधुमाँया सिग्देल कोइराला ,मायाँ पाण्डे, केदार काफ्ले, डन प्रसाद अर्याल, ऋषि काफ्ले र गिता सुनार चयन हुनु भएको सामुदायिक वन उपभोक्ता महासंघ वालिङ नगर समितिका निवर्तमान् सचिव सिता काफ्ले रेग्मीले जानकारी दिनुभयो ।
महासंघ वालिङको दोस्रो अधिवेशनमा नगर प्रमुख कृष्ण खाँण, नगरउपप्रमुख कविता तिवारी, सव डिभिजन वन कार्यलय वालिङका प्रमुख सरोज जमरकट्ेल ,सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रका सदस्य तारा शर्मा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रका लेखा समिति सदस्य केदार काफ्ले, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका प्रदेश कार्यसम्पादन समिति सदस्य उमाकान्त सुवेर्दी, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका गण्डकी प्रदेश सदस्य ऋषिराम काफ्ले,
गण्डकी प्रदेश सदस्या शेषकान्ती पराजुली, सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जाका अध्यक्ष दोव ब. कार्की, वालिङ ११ का वडाअध्यक्ष डण्डपानी पंगेनी,पत्रकार महासंघ स्याङजाका अध्यक्ष श्रीकृष्ण सिग्दल, रेडियो आधीखोलका अध्यक्ष नेत्रप्रसाद पाण्डे,पुर्व वडा अध्यक्ष कमल सुवेदी, भक्त गोतामे,पदम प्रसाद पाण्डे लगायतले बन संरक्षण सहित उपभोक्ताको हितका बारेमा आ आफना सुझाव दिनुभएको थियो ।