अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

कोरोना पछि लाग्न छाड्यो चैते दशैको बाह्र विसे मेला

news

 
आँधीखोला खबर
वालिङ, १७ चैत्र ।
प्रत्येकबर्षको चैते दशै (रामनवमी)को अवसर पारेर वालिङ ९ को बाह्रविसेमा ठूलो मेलालाग्ने गर्दथ्यो । बजारगर्न र रमाईलो हेर्नका लागि जिल्लाभरबाट मात्रै होईन पर्वत,गुल्मी,पाल्पालगायतका जिल्लाबाट मानिसहरु आउने गर्दर्थे  । जिल्ला कै चर्चित मेलाभर्नका लागि बिदेश गएका र जिल्लाबाट बाहिर रहेकाहरु समेत घर आउने गर्दर्थे । बालबालिकाहरु बाह्रविसे बजारका लागिखर्च गर्न भनेर पहिले देखिनै पैसाको जोहो गर्ने गर्दर्थे । मेलाकालागि एक हप्ताअगाडिबाट तयारी हुन्थ्यो, खुला चौरमा पसल राख्नका लागिकतिपयले ठाँउ नै पाउदैन थिए । कोरोनाको महामारी फैलिनु अगाडि सम्म पनि मेलाभव्य रुपमालाग्ने गर्दथ्यो तर कोरोनाको महामारी पछाडिभने मेलालाग्नै छाडेको छ । 
मेलामाजानेहरुले बर्ष भरीको लागिपुग्ने गरी ठेका, डाला, नाङ्ला, आँसी, बाउसालगायतका सामाग्रीखरिद गर्ने प्रचलनथियो । मेलामालिङ्गे पिङ र चर्खेपिङ्गको रौनक नै फरक हुने गर्दथ्यो भने रैथाने सांगितिक प्रस्तुतीका कारण मेलामा रमाउनेहरुको संख्याउल्लेख्य रहन्थ्यो । 
बढ्दो सहरीकरण र मोवाईल लगायतका प्रविधिको प्रयोगका कारण मेला विस्थापित हुन पुगेको स्थानीय यमकान्त गैह्रेको भनाई छ । मेलालाई निरन्तर रुपमा सञ्चालन गर्नका लागिआफूहरु छलफलमा जुटेको वडान ९ का वडा अध्यक्ष शेरवहादुर श्रेष्ठले बताउनु भयो । 
पहिले मेलामा अत्यधिक व्यापार हुने डाला,सुपा लगायतलाई प्लास्टिकका सामाग्रीको प्रयोगले विस्थापित गर्दै लगेको छ । मेलाको मौलिकता नै पुराना र स्थानीय उत्पादन मात्रै बिक्रि बितरण हुनु रहेको थियो । 
वालिङको पहिचानको रुपमा रहेकोे र परम्पराकाल देखि लाग्दै आएको मेला हराउदा चिन्ता लागेको बताउनु हुन्छ स्थानीय ८६ बर्षका सूर्यप्रसाद गैह्रे ।  मेलामा गरेको रमाईलो संझदै वालिङ १० का युवा अर्जुन गौतमले पुरानो र राम्रो परम्परालाई निरन्तरता दिन संवन्धित निकायले ध्यानदिनु पर्नेमा जोड दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...