अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

गृहिणी महिलाहरुलाई अचार बनाउने तालिम

news

तोलाकान्त बगाले
वालिङ, १७ चैत ।
स्याङ्जाको वालिङ ८ र १३ का गृहिणी महिलाहरुलाई अचार बनाउने तालिम दिईएको छ । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाको स्वीकृत सीप विकास कार्यक्रम अन्तर्गत २० जना गृहिणी महिलाहरुलाई अचार बनाउनकालागि एक हप्ते तालिम दिईएको हो । शुक्रबारबाट वालिङ ८ को वडा कार्यालयमा तालिमको उद्घाटन गर्नुहुँदै वालिङ नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले गृहिणी महिलाहरुलाई आय आर्जनसँग जोड्नकालागि सीपमूलक तालिमहरु प्रभावकारी हुने धारणा राख्नुभयो । उहाँले तालिमबाट सिकेका सीपलाई ब्यावसायिकरण गर्दै अगाडि बढ्नसकेमा मात्रै तालिमको उपलब्धी देखिनेमा जोड दिनुभयो । कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका कार्यालय प्रमुख ठाकुरप्रसाद ढकालले हाम्रै घर आँगन तथा सेरोफेरोमा प्राप्त हुने अर्गानिक वस्तुहरुको प्रयोग गरी गुणस्तरयुक्त अचार बनाउन सिकाईने उहाँले बताउनुभयो । 
तालिमपश्चात सिकेका सीपको प्रयोग गरी ब्यवसायिक बन्ने गृहिणी महिलाहरुले उत्पादन गरेका गुणस्तरीय अचारहरुको बजारीकरणकालागि समेत कार्यालयले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सहभागीहरुलाई गुणस्तरयुक्त अचार उत्पादन गर्न आग्रह गर्नुहुँदै उहाँले उत्पादन भएको अचारलाई नेपालकै पहिलो पर्यटकीय गाउँ सिरुबारीमा खपत गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय महासंघ गण्डकी प्रदेश महासचिव सरस्वती बगालेले गृहिणी महिला दिदीबहिनीहरुकालागि यो एउटा अवसर भएकाले यसको भरपूर उपयोग गरी आर्थिक उपार्जनसँग जोडिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष दामोदर तिवारी, कार्यपालिका सदस्य युगमाया पंगेनी लगायतले तालिमको सफलतको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
आगामी चैत २३ गतेसम्म सञ्चालन हुने तालिममा अचार ब्यवसायी चन्द्रकला रानाले सहजीकरण गर्नुहुनेछ । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख ठाकुरप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन समारोहको सञ्चालन वडा सचिव प्रेमनारायण सुबेदीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...