समाचार
क्षयरोग निवारणमा सबैको चाँसो आवश्यक ः गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री सुन्दास
आँधीखोला खबर
वालिङ, १९ चैत्र ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री सीता कुमारी सुन्दासले क्षयरोग निवारणमा सबैको चाँसो आवश्यक रहेको बताउनु भएको छ । गाउँपालिका १ मा रहेको दक्षिण एसियाकै पहिलो पर्यटकिय गाउँशिरुबारीमा शनिबार नेपाल क्षयरोग निवारण संस्थाको ४३ औ केन्द्रियबार्षिकसभाको उदघाटन गर्दैमन्त्री सुन्दासले गण्डकी प्रदेशले नीतिबनाएर अगाडी बढ्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले टीभी, मृगौलालगायतका रोगको उपचारमा अगाडी बढेको बताउदै सबै प्रदेशका सरकारलाई संस्थाले घचघचाउनु पर्ने बताउनुभयो ।
राज्यसगँ सहकार्य गरी संस्थाले स्वयंसेवीकाम गरेको बताउदै मन्त्री सुन्दासले क्षयरोग निवारणमा गाउँ स्तरमाअभियान सगै सरकारसगँ सहकार्य गरी अगाडी बढ्न अनुरोध गर्नुभयो । सभामा गण्डकी प्रदेशका सदस्य सुधिर कुमार पौडेलले प्रचारात्मक र उपचारात्मकार्यमा संस्था जुटेकोमा प्रसंशागर्दै समुदायभित्रकालक्षित बर्गको उपचारमा जुट्न आग्रह गर्नुभयो ।
यस्तै प्रदेश नीतितथा योजनाआयोगका सदस्य डा. शान्ता खत्री, आँधिखोलागाउँपालिका अध्यक्ष बिश्व पौडेल, संस्थाका महासचिब राजनश्रेष्ठ, स्याङ्जा अध्यक्ष बिष्णु प्रसाद पौडेल, उपाध्यक्ष ख्यामनारायण अधिकारी, सचिब युग नारायण श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो । बार्षिक सभामा स्व नारायण गोबिन्दअमात्य पुरस्कार २०७८ बाट डा केदार नरसिहँ केसी १५ हजार एक रुपियाँनगद सहित दोसल्ला ओडाएर सम्मानपत्रले सम्मानगरिएको थियो ।