अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

आँधीखोला सरसफाईको १४औँ हप्ता, खोला किनारमा बस्ने बेन्चको व्यवस्थापन गरिँदै

news

 
आँधीखोला खबर
वालिङ, १९ चैत्र ।
साप्ताहिक आँधीखोला सरसरफाई कार्यक्रम अन्र्तगत आज १४औँ सप्ताह सम्पन्न भएको छ । आँधीखोलामा फालिएको फोहोरले आँधीखोलाको अस्तित्व संकटमा आउन लागेको भन्दै २०७९ पौष १६ गतेवाट यहाँका केहि युवाहरुको सक्रियतामा आधिखोला सरोकार संरक्षण मञ्च गठन गरेर सरसफाई कार्यक्रम शुरु गरिएको थियो । 
सरसफाई अन्र्तगतको १४ औ साता सम्म पहिलो चरणमा वालिङ सुकौदी पक्की पुल देखी वालिङ सुकौदी झोलुङ्गे पुल सम्मको वारिवारी सरसफाई कायक्रम सम्पन्न गर्दै यस अवधि सम्म आधिखोला किनारबाट करिव १४ टिप्पर फोहोर निकालिएको सरसफाई अभियन्ता प्रकाश अर्यालले जानकारी दिनुभयो । 
हरेक हप्ता विभिन्न संघसंस्था, विद्यार्थी, सुरक्षा निकाय तथा आम सर्वसाधारण सरसफाईमा सहभागि हुँदै आएका छन् ।  वालिङ नगरपालिको ट्याक्टरमा नकुहिने प्लाष्टिकजन्य तथा सिसाजन्य फोहोर संकलन गरी सरसफाई केन्द्रमा पठाईने गरीएको छ । चौँधौँ हप्तामा सम्ममा वालिङ स्थित सहकारी सस्थाहरु ऋद्धि सिद्धि, उपकार, साथिभाई, गाउवेसी तथा आम नागरिक, शशस्त्र प्रहरी वल वालिङ र आधिखोलाको सभ्यता जोगाइराख्न र आधिखोला संरक्षणमा जुटेको अभियन्ता अर्यालले बताउनुभयो । 
आधिखोला सरसफाईको पहिलो चरणको यो अभियानमा आधि खोला किनारामा बस्ने सिमेन्टको कूर्चि वनाउने घोषणा र प्रतिवद्दता कायेक्रम समेत राखेको थियो । यस प्रतिवद्धता कार्यक्रममा शैक्षिक र पोशाक बगैंचा –१, सक्षम महिला विकास समुह– २, वगाले आमा टोल वाट – २, ०७५ पूर्णामृत एस.एल सि व्याचले –५ गरी १० कुर्चि वनाउने प्रतिवद्धता व्यक्त भएको छ ।
फाल्गुण २७ गते आधिखोलाको सुम्दीमा डुवेर मृत्यु वरण गरेको क्षेत्रमा प्रत्येक वर्ष मृत्यु हुने स्थानलाई १२ औ सप्ताहमा अत्यन्त जोखिम पूर्ण क्षेत्र घोषणा गरिएको छ । धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलाको संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न समेत यस अभियानले सहयोग पुग्ने अपेक्षा लिएको छ । 
श्रर्वण कुमारका बुवा आमासंग जोडिएको आँधीखोलामा पछिल्लो समय आँधीखोला दोहन र जथाभावी फोहोर फाल्नाले कुरुप हुँदै गएको छ । हरेक हप्ता खोला किनार सरसफाई गर्ने तथा जनचेतनामुलक कार्यक्रम समेत संचालन गरेर मञ्चले खोला किनारमा सिमेन्टका बस्ने बेन्चहरु राख्ने अभियान शुरु गरेको हो । यस अभियानमा व्यक्तिगत तथा संस्थागत रुपमा स्वतस्फुर्त रुपमा सहभागि हुन सकिनेछ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...