अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

जिल्ला रेडक्रसद्वारा भीरकोटका शिक्षकहरूलाई जीवनोपयोगी तालिम

news

 
आँधीखोला खबर
वालिङ, २३ चैत्र ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको आयोजनामा भीरकोटका शिक्षकहरूलाई सरसफाइ , स्वच्छतामा आधारित जीवनोपयोगी तालिम दिइएको छ। जापानीज रेडक्रस सोइसाइटीको अन्तर्राष्ट्रिय युवा समन्वय परिषद्को आर्थिक सहयोगमा जीवनोपयोगी सिपमा आधारित प्रशिक्षक प्रशिक्षण तालिम तालिम दिइएको हो।
चैत्र १९ गतेदेखि २३ गतेसम्म संचालित तालिममा भीरकोट नगरपलिकाका वडा नं ५ देखि ९ सम्मका २७ वटा विद्यालयका जुनियर युवा सर्कलका शिक्षक नायक, सह शिक्षक नायक र शिक्षकहरूको सहभागिता रहेको थियो। प्रती विद्यालय १ जनाका दरले २७ जनाको सहभागिता रहेको तालिममा लिला खनाल , घनश्याम पौडेल, अम्बिका रिमाल, सुमिरा न्यौपाने, सुरज पोखरेलले प्रशिक्षण दिनुभएको थियो ।
दैनिक जीवनमा र विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य, खानेपानी , सरसफाई , फोहर व्यवस्थापनका विषयमा शिक्षकहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले तालिम संचालन गरिएको प्रशिक्षक घनश्याम पौडेलले बताए। भीरकोट नगरपालिकाको पूर्ण सरसफाइ अभियानलाई सहयोग पु¥याउने अभिप्रायले समेत प्रशिक्षक प्रशिक्षण तालिम दिइएको जिल्ला रेडक्रस सोसाइटी स्याङ्जा शाखाले जनाएको छ।
पिपलडाँडा मा वि का शिक्षक नायक तारापती रेग्मीले विद्यालयमा स्थापित जुनियर युवा सर्कललाई सांगठनिक रूपमा चुस्त राख्न, खानेपानी,शौचालय, सरससफाई , महिनावारी स्वच्छता, फोहर व्यवस्थापन प्रभावकारी बनाउन , विद्यार्थीलाई र विद्यार्थीद्वारा समुदायमा स्वास्थ्य सचेतना फैलाउन, विद्यालयको सरसफाइ सूचाकाङ्कलाई प्रवर्धन गर्न तालिम उपयोगी रहेको बताउनुभयो ।
सितलचौर आधारभूत विद्यालयका प्रधानाध्यापक टौमाया गुरूङले व्यक्तिगत सरसफाइ, शौचालय व्यवस्थापन र विद्यालय सरसफाइको तौरतरिकाका बारेमा धेरै कुरा सिक्न पाएको बताउनुभयो । 
प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त विद्यालयको सरसफाइ कार्यक्रमलाई व्यवस्थित गर्न जिल्ला रेडक्रस मार्फत आर्थिक सहयोग समेत गरिने बताइएको छ। आगामी दिन सरसफाई र स्वच्छताको कार्यक्रमलाई प्रभावकारी बनाउन माध्यमिक विद्यालयमा ३ दिने र आधारभूत विद्यालयमा २ दिने जीवनोपयोगी सीप सम्बन्धि तालिम प्रदान गरिने प्रशिक्षक पौडेलले जानकारी दिनु्भयो । तालिमको समापन गर्दै नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाका सभापति दिनेश अर्यालले तालिममा सिकेका कुरा विद्यालयमा प्रभावकारी कार्यान्वयन गर्न सहभागी शिक्षकहरूलाई अनुरोध गर्नुभयो । 
आगामी दिनमा भीरकोटका विद्यालयहरूमा प्राथमिक उपचारका तालीम संचालन गरिने समेत उहांले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...