अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

भीरकोट उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारण सभा

news

 
आँधीखोला खबर
वालिङ, २५ चैत्र ।
भीरकोट उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारण सभा शनिबार बयरघारीमा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै गण्डकी प्रदेश सांसद भोजराज अर्यालले हरेक व्यवसायीलाई इमान्दार भएर व्यवसाय गर्न र राज्यलाई कर तिर्न अनुरोध गर्दै इमान्दार भएर कर तिरे देशको अर्थतन्त्र बलियो हुनेमा जोड दिनुभयो । 
सम्पुर्ण व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघले यहाँका व्यवसायीहरुको समस्या तथा गुनासा सम्बोधन गर्न सम्बन्धीत निकायलाई सचेत गराउनुपर्ने भन्दै भीरकोट उद्योग वाणिज्य संघको भवन २ वर्ष भित्रै बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उद्योग वाणिज्य संघको भवनलाई बहुउद्देश्यीय भवनको रूपमा विकास गरि व्यवसायिक कृषिलाई प्रोत्साहन गर्ने खालको तालिम केन्द्रको रूपमा अगाडि बढाउन आवश्यक रहेको भन्दै अवका योजनाहरु दिर्घकालिन सोँचेका सात हुनुपर्ने बताउनुभयो ।  
कार्यक्रममा भीरकोट नगरका निवर्तमान नगर प्रमुख छायाराम खनालले धैर्य र इमान्दार भएर व्यापार व्यवसाय गर्न आग्रह गर्दै व्यवसायको नीति नियम र प्रक्रिया बुझेर व्यवसाय गर्न सुझाव दिनुभयो । 
व्यवसायलाई व्यक्तिगत उन्नति माध्यम मात्रै नबनाई समाजको हित हुने गरी व्यवसायिक एकता कायम गरेर अगाडि बढ्न उद्योगी व्यवसायीलाई उहाँको अनुरोध छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शोभाकान्त पौडेलले राज्यलाई कर तिर्नु सबै व्यवसायीको कर्तव्य भएको र राजस्व वा कर कार्यालयसँग नर्तसन र राज्यको नितिनियम बुझेर व्यवसाय गर्न आग्रह् गर्नुभयो ।
कार्यक्रममा स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ , वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, नेपाली काँग्रेस क्षेत्र नं २ क का सचिव अमृत अर्याल, नेकपा एमालेका सन्तोष के.सी.,राष्ट्रिय प्रजातन्त्र पार्टी भीरकोटका अध्यक्ष हर्क बहादुर रोका, राष्ट्रिय जनमोर्चाका प्रकाश परियार, वडा  नं ६ का अध्यक्ष लक्ष्मण खत्री क्षेत्री, समाजसेवी मकबुल मिया, टोल विकास संस्थाको तर्फबाट होम बहादुर गुरूङ, व्यवसायीको तर्फबाट इन्द्र प्रसाद अर्याल,महिला व्यवसायीहरूको तर्फबाट मिना खाँण लगायतले बोल्नुभएको थियो । 
वक्ताहरुले आर्थिक मन्दीले व्यवसाय धरासयी भएकोभन्दै स्थानीय सरकार र व्यवसायीबिच समन्वय नभएको गुनासो गरेका छन् । नितिगत झन्झटका कारण व्यवसायीहरू अप्ठ्यारोमा परेको भन्दै समयमा कर तिर्ने व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने उनीहरुको माग छ ।
कार्यक्रममा संघका अध्यक्ष जगदिश प्रसाद कोइराला,महासचिव चोपनारायण श्रेष्ठ, कोषाध्यक्षको राजकुमार कर्माचार्यले आ–आफ्ना प्रतिवदन प्रस्तुत गर्नुभएको थियो । २०७५ साउनमा स्थापना भएको संघको सदस्य संख्या १ हजार रहेका छन् । अध्यक्ष कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन महासचिव चोपनारायण श्रेष्ठ र स्वागत वरिष्ठ उपाध्यक्ष नुवादत्त अर्यालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...