अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

स्या्जाको प्ुातलीबजार ३ मा पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

 
आँधीखोला खबर
वालिङ, २६ चैत्र ।
स्या्जाको प्ुातलीबजार नगरपालिका ३ मा पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य शिविर गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा नमूना अन्तर समूह महिला सन्जालको आयोजना र जिल्ला अस्पताल स्याङ्जाको प्राविधिक सहयोगमा  शिविर गरिएको हो । शिविरको उदघाटन गर्दे  पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले नगरवासीहरुको स्वास्थ्यस्तर सुधार गर्नका लागि निशुल्क स्वास्थ्य परीक्षण, निशुल्क आँखा शिविर लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । 
साथै उहाँले स्वास्थ परीक्षणका क्रममा जिल्ला बाहिर रिफर गर्नु परेमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि सोमबहादुर कुँवर, सविता पौडेल, सरस्वती माविका प्रधानाध्यापक कृष्ण गोदार, पुण्यशीला आधारभूत विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 
शिविरमा १७२ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो । ती  मध्ये १० जनालाई पोखरा रिफर गरिएको छ । शिविरमा स्वास्थ्य परीक्षण र आवश्यकता अनुरुप औषधी वितरण गरिएको छ । जिल्ला अस्पताल स्याङ्जाका डा. सलिना पौडेल, वरिष्ठ नर्स कृष्णकुमारी कार्की, नर्स अनुसा कुवर, फार्मसिस्ट सुरक्षा मरासिनी लगायतको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । सन्जालका अध्यक्ष गीता आचार्य मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव भीमकुमारी उपाध्यायले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...