अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

नेपाल आर्दश माध्यमिक विद्यालयको रजत महोत्सव, वर्तमान शैक्षिक परणाली परिर्वतन गर्नुपर्नेमा पुर्व परधान्याधिस रेग्मीको जोड

news

 
आँधीखोला खबर
वालिङ, २७ चैत्र ।
नेपाल आर्दश माध्यमिक विद्यालय वालिङ ८ को रजत महोत्सव शुरु भएको छ । विद्यालय स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा सोमबार र मंगलबार विविध कार्यक्रमको आयोजना गरि रजत महोत्सव मनाईदैछ । शैक्षिक क्षेत्रमा स्याङ्जामै अब्बल मानिएको विद्यालय २०५४ सालमा स्थापना भएको हो । माध्यमिक तह, उच्च मावि तह हुँदै क्याम्पस तहसम्म सञ्चालित विद्यालयमा करिव १५ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
रजत महोत्सवका अवसरमा विद्यालयले सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम सहित मनाएको हो । रजत महोत्सवको उद्दघाटन गर्दै मन्त्रिपरिषदका पुर्व अध्यक्ष तथा पुर्व प्रधानन्यायधिस खिलराज रेग्मीले अहिलेको शिक्षा प्रणालीमा व्यापक परिर्वत नगरीकन सृजनशिलताको विकास नहुँने बताउनुभयो । सम्बन्धीत विषयमा विज्ञता पार गरिएका शिक्षाले बहुआयामिक उपलब्धी हाँसिल गर्न सक्नुपर्ने भन्दै शिक्षामा परिर्वतन आवश्यक रहेको बताउनुभयो ।
वर्तमान परिप्रेक्ष्यमा रोजगारी होस र अध्यायनका लागी होस युवाहरुको वैदेशिक मोह बढ्दै गएकाले नेपालको शैक्षिक प्रक्रिया परिर्वत गर्न आवश्यक रहेको रेग्मीले बताउनुभएको हो ।  हाम्रा संस्कार, निति, नियमहरुबाट हामी यहाँसम्म आईपुगेको भन्दै हाम्रा यस्ता संस्कारहरु शैक्षिक प्रणालीमा समावेश हुनुपर्ने उहाँले बताउनुभयो । शिक्षाले मानिसको विवेकशीलतालाई बढाउने भन्दै नैतिक शिक्षालाई पनि अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय सामुदायिक विद्यालय क्याम्पसहरुमा राजनितिक तत्वले प्रभाव पारिरहेको भन्दै शिक्षा सटिफिकेटका लागी मात्रै भएको भन्दै यस्तो शैक्षिक प्रणालीले राम्रा फल दिन नसक्ने रेग्मीले बताउनुभयो । बढ्दो आधुनिक प्रविधिले विद्यार्थी र अभिभावकबीचमा ग्याप र्सजना गरिरहेको भन्दै प्रविधिको सहि सदुपयोग गर्नका लागी अभिप्रेरित गर्नुपर्ने उहाँको भनाइ छ  ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद भोजराज अर्यालले देशमा विकास र समृद्धिको बाधकको रुपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नका सागी जनप्रतिनिधिको तर्फबाट संसदमा आवाज उठाईरहेको बताउनुभयो । देश विकासका संवाहक युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई न्युनिकरण गरी युवालाई देशमै स्थापित गर्नका लागी स्थानीय तहदेखि केन्द्रीय तहसम्मका जनप्रतिनिधि एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारीले शिक्षाको उज्यालो बिना मानिसको जिवन अन्धकार मय हुने भएकाले शिक्षाले सचेत नागरिक निर्माण गर्दै आईरहेको बताउनुभयो । शैक्षिक क्षेत्रमा नेपाल आर्दश विद्यालयले पु¥याएको योगदान अतुलनीय रहेको भन्दै शिक्षाको उज्यालोबाट कोही पनि वञ्चित हुनु नपर्ने सांसद तिवारीले बताउनुभयो ।
कार्यक्रममा पुर्व एआईजि सुवोधकुमार अधिकारी, जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख विश्वराज आचार्य, मन्त्रिपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डे, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, प्याप्सन स्याङ्जाका अध्यक्ष मेघराज गैह्रे, गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराई, विद्यालय तथा क्याम्पसहरुको तर्फबाट वालिङ क्याम्पसका प्रमुख युवराज पाठक, विद्यालयका संरक्षक धु्रवप्रसाद शर्मापंगेनी, विद्यालयका निर्देशक दिपक लम्साल,अभिभावक विष्णुनारायण श्रेष्ठ, विद्यार्थीद्धोय एलिसा पौडेल सुब्रिती गौतमलगायतले बोल्नुभएको थियो । 
कार्यक्रममा उत्कृष्ठ शिक्षक तथा शिक्षकहरु, पुर्व शिक्षक तथा सञ्चालक समिति, अभिभावकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष शंकर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत विद्यालयका प्रिन्सीपल होमकान्त गौतम र संचालन खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, नाटकहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको रेडियो आँधीखोला एफएमले पत्यक्ष प्रसारण समेत गरेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...