अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

गल्याङ नगर समाज युएईको पहलमा २ लाख ४६हजार ६सय ६६ सहयोग

 
आँधीखोला खबर
वालिङ, २ बैशाख ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.४ सानो निवुवा घरभई रोजगारीको सिलसिलामा बम्बै जानेक्रममा बाटोमा मृत्यू भएका मोतीलाल भट्टराईको परिवारलाई सहयोग रकम आउने क्रम जारी रहेको छ । 
विभिन्न सञ्चार माध्यमबाट पत्रकार टिकाराम अधिकारीको सक्रियतामा पिडितको भिडियो सार्वजनिक गरिदिए पछि देश तथा विदेशबाट करिव ३० लाख जति आर्थिक सहयोग संकलन भएको छ । गल्याङ नगर समाज युएईको पहलमा दुबईमा पटक पटक गरि संकलन गरिएको २ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ पिडितको घरमै पुगेर हस्तान्त्रण गर्ने कार्य सम्पन्न भयो ।
सहयोग रकम हस्तान्त्रण गर्दै गल्याङ नगरपालिका वडा नं.४ का वडाअध्यक्ष ढाकाराम न्यौपानेले आपत विपत र समस्यामा परेकाहरुको आवाज उठाउने अभियानमा संचारकर्मी अधिकारीले खेलेको भूमिका प्रशंसनीय रहेको र विश्वमा आर्थिक मन्दीका बेला पनि देश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै सहयोग रकमलाई सहि रुपमा प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगर समाज युएइका कोषाध्यक्ष भूपराज अर्यालले मानवीय जीवनमा कतिबेला कहाँ कसलाई के पर्छ भन्ने थाहा नभएकाले सहयोग गर्नु मानिसको धर्म भएको कुरा बताउनुभयो । आर्थिक संकलन समितिका संयोजक रेवाकान्त न्यौपाने, स्थानीय महिला इश्वरी पाण्डेय लगाएतले पुण्य कार्य गरेको भन्दै सहयोगी मनहरुलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा आफ्नो समस्यालाई बुझेर बुढा भएका वुवा र लालाबाला छोराछोरीको शिक्षा दिक्षामा सहयोग पु¥याउने हेतुले आफूलाई सहयोग गर्ने महानुभावहरुलाई स्वर्गीय मोतिलाल भट्टराईकी धर्मपत्नी विष्णु भण्डारी भट्टराईले हार्दिक आभार व्यक्त गर्नुभयो ।
संचारकर्मी अधिकारीले हामीले समाजमा भएका दुःख पिडा र आवाज विहिनको आवाजलाई जनसमुदाय र सरोकारवाला निकायमा पु¥याउने आफ्नो धर्म भएको बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...